(संशोधन तथा परिमार्जन सहित, २०६५)
प्रस्तावना
नेपालको सार्वभौमिकता, अख48डता, स्वतन्त्रता, राष्ट्रिय एकता लाई अक्षु48ण राख्दै शान्ति र समुन्नतिका लागि सामाजिक न्याय, संसदीय मूल्य र मान्यता, समावेशी र बहुलबादको सिद्धान्तमा आधारित संघीय गणतन्त्रात्मक राज्य संरचना र बहुदलीय लोकतान्त्रिक शासन प्रणाली सहितको संविधान निर्माण गर्न,
नेपालको अन्तरिम संविधान,२०६३ अनुसार नेपाली कांग्रेस संविधान सभा–संसदीय दलको कार्यप्रणालीलाई व्यवस्थित, अनुशासित, सङ्गठित, समावेशी र लोकतान्त्रिक बनाउन एवं संविधान सभामा प्रभावकारी तथा सक्रिय भूमिका निर्वाह गर्न,
नेपाली कांग्रेसको विधानमा उल्लेखित सिद्धान्त र उद्देश्य परिपूर्ति गर्न नेपाली कांग्रेसको महाधिवेशन, महासमिति र केन्द्रीय कार्यसमितिले जारी गरेको घोषणापत्र र नीति बमोजिम सदस्यहरुको भूमिकालाई प्रभावकारी एंव संसदीय दललाई क्रियाशील बनाउन र
संविधान सभामा भएका अन्य राजनीतिक दलका सदस्य बीच संसदीय मर्यादा र मान्यता अनुरूप पारस्परिक सहयोग र समझदारी विकसित गर्न नेपाली कांग्रेस संविधान सभा–संसदीय दलको बैठकले यो विधान पारित गरेको छ।
१. नाम र प्रारम्भ
(१) यस विधानको नाम नेपाली कांग्रेस संविधान सभा–संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०६५) रहनेछ।
(२) यो विधान पार्टीको केन्द्रीय समितिले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।
२. परिभाषाः
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमाः
क) “पार्टी” भन्नाले नेपाली कांग्रेस सम्झनुपर्छ।
ख) “केन्द्रीय समिति” भन्नाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्झनुपर्छ।
ग) “दल” भन्नाले नेपाली कांग्रेसको संविधान सभा–संसदीय दललाई सम्झनुपर्छ
घ) “नेता” भन्नाले नेपाली कांग्रेस संविधान सभा–संसदीय दलका सदस्यहरुद्वारा धारा ५ बमोजिम निर्वाचित नेतालाई सम्झनुपर्छ।
ङ) “उपनेता” भन्नाले धारा ७ बमोजिम संविधान सभा–संसदीय दलको उपनेतालाई सम्झनुपर्छ।
च) “कार्यसमिति” भन्नाले नेपाली काँग्रेस संविधान सभा–संसदीय दलको कार्यसमितिलाई सम्झनुपर्छ।
छ) “विषय समिति” भन्नाले संविधान सभा–संसदीय दलको कार्य प्रणालीलाई व्यवस्थित गर्न दलले गठन गरेका समितिलाई सम्झनुपर्छ।
ज) “सदस्य” भन्नाले नेपाली कांग्रेस संविधान सभा–संसदीय दलका सदस्यलाई सम्झनुपर्छ।
झ) “सचेतक” भन्नाले प्रमुख सचेतक समेतलाई सम्झनुपर्छ।
ञ) “पदाधिकारी” भन्नाले दलका नेता, उप–नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव, कोषाध्यक्ष, प्रवक्ता, संयोजक समेतलाई सम्झनुपर्छ ।
ट) “ संविधान सभा” भन्नाले नेपालको अन्तरिम संविधान २०६३ वमोजिम गठन भएको संविधान सभालाई जनाउनेछ।
ठ) “व्यवस्थापिका–संसद्” भन्नाले संविधान सभाको व्यवस्थापिका–संसदको हैसियतमा बसेको बैठकलाई सम्झनुपर्छ।
ड) “सदन” वा “सभा” भन्नाले संविधान सभा वा व्यवस्थापिका–संसद्लाई सम्म्कनु पर्छ।
ढ) “समिति” भन्नाले सदनमा गठन गरिएका समिति सम्झनुपर्छ।
ण) “अध्यक्ष” भन्नाले संविधान सभाको अध्यक्षलाई सम्झनुपर्छ र सो शब्दले संविधान सभाको व्यवस्थापिका–संसद्का हैसियतले बस्ने बैठकका सभामुखलाई समेत जनाउछ।
त) “संविधान” भन्नाले नेपालको अन्तरिम संविधान २०६३ सम्झनु पर्छ।
२) यस विधानमा छुट्टै व्यवस्था गरिएकोमा वा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेकोमा बाहेक नेपाली कांग्रेसको विधानमा प्रयुक्त शब्द, वाक्यांश र व्यवस्था यस विधानमा पनि तदनुकूल मानिनेछ।
३. दलको उद्देश्यः
१) संघीय गणतन्त्रात्मक राज्य संरचना र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको लागि संविधान निर्माण गर्ने।
२) सदनमा नेपाली कांग्रेसको सिद्धान्त, नीति र निर्णय अनुरुप कार्य गर्न क्रियाशील रहने।
३) उत्तरदायी र जनप्रतिनिधिमूलक शासनलाई सवल बनाउने र प्रवर्धन गर्ने।
४) शान्ति प्रक्रियालाई ल73य सम्म पुर्याउन प्रभावकारी भूमिका निर्वाह गर्ने।
४. दलको गठनः
(१) देहायका सदस्यहरु दलका सदस्य हुनेछन्।
क) पार्टीको तर्फबाट संविधान सभामा रहेका सदस्यहरु।
ख) संविधानको धारा ६३ (३) (ग) बमोजिम मनोनीत पार्टी सदस्य।
ग) दलको नीति, कार्यक्रम र विधानलाई स्वीकार गरी व्यक्तिगत वा सामूहिक रुपले दलको सदस्यता लिन चाहने संविधान सभाका अन्य सदस्यको आवेदनमा कार्यसमितिले सिफारिस गरी पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेका संविधान सभाका सदस्यहरु।
घ) पार्टीको नीति, कार्यक्रम र विधानलाई स्वीकार गरी पार्टीमा समाहित भएको राजनीतिक दलका संविधान सभामा रहेका सदस्य।
५. दलको नेता
(१) दलका सदस्यहरुले आफूमध्येबाट दलको नेताको निर्वाचन गर्नेछन्।
(२) एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुनेछ।
(३) निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न पार्टीको केन्द्रीय समितिले एक निर्वाचन समिति बनाउनेछ।
(४) नेता निर्वाचित हुनका लागि दलका सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ।
(५) पचास प्रतिशत भन्दा बढी मत कसैले प्राप्त नगरेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई जनाका बीच पुन निर्वाचन गरिनेछ।
(६) उपधारा (५) बमोजिम निर्वाचन हुदा सदर मतमा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी मानिने छ।
६. नेताको काम, कर्तव्य र अधिकारः नेताको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ।
(१) दलको उद्देश्य, नीति र विधान अनुरूप नेतृत्व गर्ने।
(२) दल र कार्यसमितिको बैठकको अध्यक्षता गर्ने।
(३) दलको कार्य सञ्चालनको रेखदेख र निर्देशन गर्ने।
(४) सदनमा मतदानको सन्दर्भमा दलको नीति, कार्यसमितिको निर्णय वा आवश्यकतानुसार मतदानकालागि सचेतक मार्फत निर्देशन दिने।
(५) पार्टी र दलका बीच समन्वय गर्ने।
(६) दलको नीति र कार्यक्रममा संविधान सभाका अन्य दलबाट समर्थन र सहयोग जुटाउन पारस्परिक संवाद लगायत आवश्यक कार्य व्यवस्थित गर्न नेतृत्व प्रदान गर्ने।
(७) दलको विधान अनुसार विभिन्न पदाधिकारी र प्रतिनिधिहरुको नियुक्ति र मनोनयन गर्ने।
(८) दलको विधान अनुसार पदाधिकारीको मनोनयन गर्दा उप–नेता, प्रमुख सचेतक र सचेतक मध्ये कम्तीमा एक पदमा महिलावाट मनोनयन गरिने छ।
(९) उपधारा (७) बमोजिम मनोनीत गरिएका पदाधिकारी र प्रतिनिधिहरुलाई आवश्यकता अनुसार फेरबदल गर्ने
(१०) पार्टीले सरकार गठन गरेका अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने।
(११) पार्टी र दलको उद्देश्य पूर्ति गर्न अन्य आवश्यक कार्य गर्ने।
(१२) पार्टी र दलको उद्देश्य पूर्ति गर्न भए गरेका कार्य बारे दल र कार्य समितिलाई जानकारी गराउने।
(१३) पार्टी र दलले अंगिकार गरेका नीति र कार्यक्रम कार्यान्वयनको अवस्था र समसामयिक महत्वका विषयमा
दल र कार्य समितिको बैठकमा प्रस्तुत गर्ने गराउने।
७. दलको उपनेता
(१) नेताले दलको सदस्य मध्येवाट एक उपनेता मनोनयन गर्नेछन्।
(२) उपधारा (१) बमोजिम मनोनीत उपनेताको अनुमोदनका लागि नेताले दलमा प्रस्तुत गर्नु पर्नेछ।
८. उप–नेताको काम, कर्तव्य र अधिकारः उप–नेताको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ।
१) नेताको कार्यमा सहयोग गर्ने।
२) नेताले तोकेको काम गर्ने।
३) नेताको अनुपस्थितिमा दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने।
(४) नेताको अनुपस्थितिमा दल र संविधान सभामा तत्काल गर्नुपर्ने कार्यको लागि दलका अन्य पदाधिकारीसंग समन्वय गरी आवश्यक निर्णय गर्ने।
(५) नेता माथिको अविश्वास प्रस्तावमा छलफल र निर्णय हुने बैठकको अध्यक्षता गर्ने।
९. दलको बैठकः
(१) दलको बैठकको अध्यक्षता नेताले गर्नेछ। नेताको निर्वाचन नभएसम्म उमेरमा सबैभन्दा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ।
(२) सदन चालु रहेका अवस्थामा कम्तीमा महिनाको एकपटक दलको बैठक बस्नेछ।
(३) दलको अन्य बैठक आवश्यकतानुसार नेताले बोलाउन सक्नेछ।
(४) दलको सम्पूर्ण सदस्य सङ्ख्याको पन्ध्र प्रतिशत सदस्यले छलफल गर्नुपर्ने विषय र कारण खुलाई दलको बैठक बोलाउन सदस्य सचिव मार्फत नेतालाई लिखित सूचना दिएमा नेताले सात दिनभित्र बैठक बोलाउन सदस्य सचिवलाई आदेश दिनुपर्नेछ।
(५) दलको बैठकमा नेताले पार्टीका पदाधिकारी तथा अन्य कुनै व्यक्तिलाई आमन्त्रित गर्न सक्नेछ। तर आमन्त्रित व्यक्तिले दलमा हुने मतदानमा भाग लिन पाउने छैन।
१०. दलको काम, कर्तव्य र अधिकारः
१) पार्टीको सिद्धान्त, नीति, निर्देशन तथा घोषणापत्र अनुरूप नयां संविधान मस्यौदा गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने।
२) दलले सरकार गठन गरेको वा अन्य दलसित सरकारमा सम्मिलित भएको वा समर्थन
गरेको अवस्थामा दलको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ
क) नेपाल सरकारको नीति तथा कार्यक्रम निर्धारण गर्ने वा संयुक्त सरकारलाई अवश्यक सुझाव तथा निर्देशन दिने।
ख) नेपाल सरकारको नीति तथा कार्यक्रमप्रति सदनभित्र र बाहिर सहमति र समर्थनको वातावरण सृजना गर्न योजना र नीति तर्जुमा गर्ने।
ग) संविधान मस्यौदा प्रक्रियामा अध्ययन, छलफल गरी उपयुक्त नीति तय गर्ने र सो को कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने।
घ) व्यवस्थापिका–संसद्द्वारा पारित कानून, स्वीकृत नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भए नभएको विषयहरुमा अध्ययन गरी नेपाल सरकारलाई आवश्यक सहयोग, सुझाव र निर्देशन दिने।
ङ) दलको कार्यसमितिलाई क्रियाशील बनाउन मार्गदर्शन गर्ने।
३) विपक्षी दलका रूपमा रहेको अवस्थामा दलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
क) नेपाल सरकारद्वारा घोषित नीति तथा कार्यक्रमहरु मध्ये दलको नीति तथा घोषणापत्र सँग प्रतिकूल बुँदाहरुमा दलको नीति तथा कार्यक्रमहरुको औचित्य तथा उपादेयता माथि प्रकाश पार्न आवश्यक कार्यक्रमहरु निर्धारण गर्ने।
ख) संविधान सभामा विचारार्थ प्रस्तुत विषयहरुमा पार्टीको नीति अनुरूप दृष्टिकोण निर्धारण गरी त्यसप्रति अन्य दल तथा अन्य सदस्यको सहमति र समर्थन जुटाउने।
ग) व्यवस्थापिका–संसद्मा प्रस्तुत वा पारित कानून तथा स्वीकृत नीति,कार्यक्रम अनुरूप सरकारी प्रशासन तथा विकास निर्माण कार्यहरु भए नभएको अध्ययन गरी संसद्को जानकारीमा ल्याउने।
११. कार्यसमितिः
१) दलले आफ्नो काम, कर्तव्य र अधिकार सम्पादन गर्न एक कार्यसमिति गठन गर्नेछ।
२) कार्य समितिमा नेता, उपनेता र देहाय बमोजिम निर्वाचित, मनोनीत तथा पदेन सदस्य रहने छन्
क) दलको संम्पूर्ण सदस्यबाट मतदान भई प्रत्येक विकास क्षेत्रबाट एक–एक जना गरी निर्वाचित पाँच जना।
ख) नेपालको अन्तरिम संविधान, २०६३ र संविधान सभा सदस्य निर्वाचन ऐन, २०६४ ले अंगिकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम उम्मेदवार हुने गरी संम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा बाह्र जना।
(ग) उपधारा २ (ख) बमोजिम उम्मेदवारको वर्गीकरण अनुसार संख्या निर्धारण निर्वाचन समितिले गर्नेछ। उक्त संख्या निर्धारण गर्दा दश प्रतिशत सम्म घटी बढी हुन सक्नेछ।
(घ) कार्यसमितिमा नेताले कम्तीमा दुई जना महिला सहित छ जना सदस्यको मनोनयन गर्नेछन्। यसरी मननोनयन गर्दा भौगोलिक आधार, समावेशी प्रतिनिधित्व तथा अन्य आवश्यक सन्तुलनलाई समेत ध्यानमा राख्नुपर्नेछ।
ड.) कार्यसमितिमा प्रमुख सचेतक,सचेतक,सरकारमा रहेको अवस्थामा पार्टीको तर्फवाट हुने संसदीय व्यवस्थामन्त्री, पार्टीका महामन्त्री पदेन सदस्य हुनेछन्। तर पार्टीका महामन्त्री र संसदीय व्यवस्था मन्त्री संविधान सभा सदस्य नभएको स्थितिमा निजलाई मतदान गर्ने अधिकार हुनेछैन।
३) कार्यसमितिको वैठक सदन चलेको अवस्थामा प्रत्येक पन्द्र दिनमा कम्तीमा एक पटक अनिवार्य रूपमा वस्नुपर्नेछ।
(४) अन्य अवस्थामा आवश्यकतानुसार बस्नेछ।
१२. कार्यसमितिको काम, कर्तव्य र अधिकारः
१) पार्टीको नीति, निर्देशन तथा घोषणापत्र अनुरूप संविधान सभावाट नयां संविधान मस्यौदा गर्ने कार्यमा
दलको प्रभावकारी भूमिका व्यवस्थित गर्ने।
२) दलका सदस्यलाई संविधान सभाको काममा क्रियाशील भइरहन सजग गराइरहने।
३) दलको तर्फवाट स्वदेश तथा विदेशमा प्रतिनिधित्व गर्ने सदस्य छनोटको आधार तय गर्ने।
४) दलका सदस्यका तर्फबाट सदन समक्ष प्रस्तुत गरिने संविधानको मस्यौदा सम्बन्धि विषय, गैर सरकारी विधेयक, सङ्कल्पका विषयमा आवश्यक छलफल गरी निर्णय गर्ने।
५) दलका सदस्यले व्यक्तिगत रूपमा प्रस्तुत गर्न चाहेका गैरसरकारी विधेयक, सङ्कल्प र मतदानद्वारा निर्णयमा पुग्नुपर्ने अन्य प्रस्तावबारे दलको नीति र कार्यक्रम एवं पार्टीको सिद्धान्त अनुरूप कार्य प्रणाली व्यवस्थित गर्ने।
६) संविधान सभा वा व्यवस्थापिका–संसद्का समिति, उप–समिति, समूह, मैत्री समूह, कार्यदल, प्रतिनिधिम48डल आदि विषयमा समावेशी आधारमा दलीय प्रतिनिधित्व गराउन निर्णय गर्ने ।
७) कार्यसमितिले आवश्यकतानुसार नेपाल सरकारका मन्त्री, पार्टीका पदाधिकारी, विपक्षी दलको प्रतिनिधि, अन्य राजनीतिज्ञ र विशेषज्ञलाई कार्यसमितिमा आमन्त्रण गरी परामर्श गर्न सक्नेछ।
८) कार्यसमितिले आफूमध्येबाट सदस्य–सचिव र कोषाध्यक्षको चयन गर्ने।
९) दलका सदस्यमध्येवाट तीन जनाको अनुशासन समिति बनाउने।
१०) यस विधानले निर्धारण गरेका र दलले तोकेका अन्य काम गर्नु कार्यसमितिको कर्तव्य हुनेछ।
११) पार्टी सरकारमा भएको वा सरकारलाई समर्थन गरेको अवस्थामा कार्यसमितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ
(क) सरकारका तर्फबाट सदन समक्ष प्रस्तुत गरिने विधेयक, सन्धि, सङ्कल्प, नीति, कार्यक्रम वा अन्य कुनै
प्रस्ताव लगायतका विषयमाथि छलफल गरी अन्तिम रूप दिने र त्यसलाई सदनबाट अनुमोदन,
सम्मीलन, स्वीकृति वा सर्मथन गरी पारित गराउन सहयोग र समर्थन जुटाउने व्यवस्था गर्ने।
(ख) पार्टी र सरकारका बीच समन्वय र समझदारीका निम्ति उपयुक्त वातावरण सृजना गर्ने।
ग) नेता र मन्त्रिपरिषद्का सदस्यलाई सदनभित्र पूर्णउत्तरदायी भइरहन मार्गदर्शन गर्ने।
(१२) पार्टी प्रतिपक्षमा रहेको अवस्थाामा पार्टीको मान्यता अनुरूप आवश्यक कार्य गर्ने र
सो का लागि अन्य राजनितिक दलहरुको समर्थन लिने कार्य गर्ने।
१३. प्रमुख सचेतक र सचेतक
१) नेताले दलको कुनै एक सदस्यलाई प्रमुख सचेतकमा मनोनयन गर्नेछन्।
२) प्रमुख सचेतकको सिफारिसमा नेताद्वारा सचेतक मनोनीत हुनेछन्।
३) प्रमुख सचेतकलाई सहयोग गर्नु सचेतकको कर्तव्य हुनेछ ।
१४. प्रमुख सचेतकको काम, कर्तव्य र अधिकारः प्रमुख सचेतकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
१) सदनमा प्रस्तुत हुने संविधान मस्यौदा सम्बन्धी प्रस्ताव, नीति, कार्यक्रम तथा विधेयकहरु बारे कार्यसमितिको निर्णय दलका सदस्यहरुलाई उपलब्ध गराउने।
२) सदनमा सदस्यद्धारा पेश गरिने संविधान मस्यौदा सम्बन्धी प्रस्ताव, ध्यानाकर्षण , सार्वजनिक महत्वको प्रस्ताव,संकल्प आदि प्रस्ताव पेस गर्न अनुमति दिने र पार्टीको नीति विपरीत दर्ता भएका त्यस्ता प्रस्तावहरुलाई नीति अनुरुप पेश गर्न वा फिर्ता लिने व्यवस्था मिलाउने।
३) सदनमा दलका सबै सदस्यका बीच व्यापक समझदारीको वातावरण सृजना गरी आफ्नो दलको सरकार वा दलका पक्षमा तर्कपूर्ण र प्रभावकारी समर्थन जुटाउन आवश्यक उपाय अपनाउने।
४) सदनमा विचारार्थ पेश हुने वा पेश भएकेा विषयमा दलका सदस्यको कुनै औचित्यपूर्ण असहमति वा सुझाव भए दलका नेता तथा मन्त्रिपरिषद्का सदस्यलाई अवगत गराउने।
५) नेतासँग परामर्श गरी संविधान सभा र व्यवस्थापिका–संसद्को कुनै पनि विषयमा अन्य दलका नेता तथा
सदस्यहरुसँग वार्ता गरी समझदारीका सम्भावना पहिल्याउने।
६) सदनमा निर्णयार्थ पेश हुने कुनै पनि विषयमा दलको नीति, कार्यसमितिको निर्णय वा नेताको निर्देशनमा मतदानका सम्बन्धमा दलका सदस्यहरुलाई मौखिक वा लिखित निर्देशन दिने।
७) सदनको कारवाहीमा दलीय सहभागिता गराउने कार्य व्यवस्थित गर्ने ।
(८) संविधान सभा वा व्यवस्थापिका–संसद्को नियमावलीले तोकेको अन्य कार्य गर्ने, गराउने।
(९) अध्यक्षसँग सम्पर्क राखी सदनका कार्यमा सहयोग पुर्याउने।
(१०) सदनको बैठक र सदनका सबै समितिहरुमा भए गरेका काम कारवाही तथा सोमा नेपाली काग्रेस र अन्य राजनीतिक दलहरुको स्थिति समेतका बारेमा दलको नेतालाई निरन्तर जानकारी गराउने, नेताबाट आवश्यक निर्देशन लिई सो अनुरूप कार्यगर्ने।
(११) धारा १९ को दफा ४ को (क) बमोजिमका अनुशासनको कार्यवाही गर्ने र अरु सजायको हकमा कारवाही चलाउन अनुशासन समितिलाई सिफारिस गर्ने।
(१२) सदनमा छलफलका लागि प्रस्तुत विषय, विचाराधीन प्रस्ताव वा विधेयकमा दललाई प्राप्त समय अनुसार सदस्यहरुलाई बोल्न समय तोक्ने, दलका सदस्यलाई सदनको काममा क्रियाशील भइरहन र पूर्ण तयारीका साथ सदनको बहसमा भाग लिन प्रेरित गर्ने, दलका तर्फबाट प्रभावकारी प्रस्तुतिका लागि आवश्यक सहयोग तथा उत्प्रेरणा दिने, प्रस्तुत विषयको सन्दर्भ र औचित्यका आधारमा आवश्यकतानुसार सदस्यहरु, कार्यसमिति, दल वा नेता संग बैठक वा विचार विमर्श गर्ने, गराउने।
(१३) सदनमा सम्पादन भएका काम र आगामी कार्यसूची बारे नेता, कार्य समिति, दल र आवश्यकतानुसार पार्टीलाई निरन्तर जानकारी गराउने, सदन र समितिहरुको बैठकमा दलका तर्फबाट अख्तियार गर्नु पर्ने नीति र कार्ययोजना बारे छलफल गरी कार्यान्वन गर्ने, गराउने।
(१४) सदन र समितिको बैठकमा दलको अनुशासन कायम राख्ने कार्य गर्ने,
(१५) सदनमा संयुक्त कार्ययोजना तयार गर्नु पर्ने विषयमा अन्य दलका सचेतकसंग सम्पर्क गर्ने।
१५.सदस्य सचिवको काम, कर्तव्य र अधिकारः सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(१) नेताको निर्देशनमा रही संसदीय दल र कार्यसमितिको बैठक बोलाउने र छलफलको विषयसूची निर्धारण गरी सदस्यलाई वितरण गर्ने एवं बैठक बारे सूचना गर्ने।
(२) दल र कार्यसमितिको बैठकमा छलफल र निर्णय गर्नुपर्ने विषयमा सचेतकको समेत सुझाव र सल्लाह सङ्कलन गरी नेतासँग आवश्यक परामर्श गर्ने।
(३) दल र कार्यसमितिको बैठकमा भएका छलफल र निर्णयको अभिलेख राख्ने र कार्यान्वयन गर्ने।
४) संसदीय दल र कार्यसमितिका निणर्यहरु आवश्यकता बमोजिम सभामुखलाई जानकारी गराउने।
५) दलको सदस्य सचिवका रूपमा लेखापढी गर्ने र नेताको निर्देशानुसार अन्य संसदीय दलसँग सम्पर्क राख्ने।
६) विषय समितिको क्रियाकलापलाई व्यवस्थित पार्ने।
७) सदस्यबाट प्राप्त बैठकसम्वन्धी अनुरोधहरुलाई विधान बमोजिम कार्यान्वयन गर्ने।
८) दलको तर्फबाट दिनु पर्ने जानकारीहरु सम्बन्धित निकाय तथा पदाधिकारीहरुलाई दिने।
९) दलको कार्यालयको व्यवस्थापन गर्ने।
१०)दलको तर्फवाट सार्वजनिक जानकारी गराउने सम्वन्धी अन्य काम गर्ने।
१६. कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(१) दलको सञ्चालनका निम्ति स्रोत र साधनको परिचालन गर्ने र दलको आय–व्ययको अभिलेख राख्ने।
(२) कार्यसमितिद्वारा निर्णय गरिएको बैंकमा खाता खोल्ने र सञ्चालन गर्ने।
(३) सदस्यमध्येबाट उठाउनुपर्ने मासिक सहयोग राशि र दलले समय समयमा निर्णय गरे बमोजिमको सहयोग सङ्कलन गर्ने।
(४) दलको निर्णय अनुसार पार्टीमा पठाइने रकमको नियमित व्यवस्थापन गर्ने।
(५) वार्षिक रूपमा लेखापरीक्षण गराई दलमा लेखा–प्रतिवेदन प्रस्तुत गर्ने।
१७. विषय समिति
(१) सदनमा कार्यरत समिति अनुरूप दलमा विभिन्न समिति रहने छन्। दलको कार्यलाई प्रभावकारी वनाउन आवश्यकता अनुसार सूचना संकलन, नीति निर्माण, अध्ययन तथा अनुसंधान आदि विषयका निम्ति अन्य समिति गठन गर्न सकिनेछ। यसरी समिति गठन गर्दा समितिको कार्यक्षेत्र हेरी पार्टीसंग आवद्ध विज्ञहरुलाई आवश्यकता अनुसार आमन्त्रितका रुपमा समावेश गरीनेछ।
(२) दलका तर्फवाट सदनको समिति वा विशेष समितिमा रहेका सदस्य दलको सोही समितिका सदस्य हुनेछन्।
(३) प्रत्येक समितिमा समितिका सदस्य मध्येबाट कार्य समितिले समावेशी सिद्धान्त र अन्य आवश्यक सन्तुलनका आधारमा एक जना संयोजक चयन गर्नेछ।
(४) सदनको समितिको बैठकमा छलफलपूर्व सम्बन्धित विषयमा दलको समितिमा छलफल गरी पार्टीका तर्फबाट अंगिकार गर्नु पर्ने नीति तय गरिनेछ।
(५) सरकारको कार्यक्षेत्रका विषयमा विस्तृत अध्ययन गरी नीतिगत तथा कार्यगत सुधारका सम्बन्धमा सुझाव सल्लाह दिन र सरकारलाई सजग र सतर्क गराउने काम गरी आवश्यक विषयगत तयारीका साथ सदन र समितिमा दलको धारणा र मूल्याङ्कन प्रस्तुत गर्न समितिले आवश्यकतानुसार मंत्रालयसंग सम्बन्धित उपसमिति गठन गर्नेछ।
(६) समितिको बैठक बोलाउने, नेता संग आवश्यक परामर्श गर्ने, सम्बन्धित मन्त्रीसंग सम्पर्क गरी जानकारी लिने, आवश्यक सुझाव र सल्लाह दिने, आवश्यकतानुसार विषेशज्ञसंग राय लिने, सदन र सदनका समितिमा दलका तर्फवाट प्रभावकारी प्रस्तुति गर्ने गराउने, समितिले गरेका काम बारे कार्यसमितिमा प्रतिवेदन प्रस्तुत गर्ने कर्तव्य समितिका संयोजकको हुनेछ।
(७) प्रत्येक समितिले बैंठक पूर्व सचेतक तथा सदस्य सचिवलाई बैठकको जानकारी दिई बैठकमा आमन्त्रित गर्नेछ।
१८. आर्थिक व्यवस्था
(१) पार्टीले तोकेबमोजिमको सहयोग रकम सदस्यहरुले पार्टीलाई बुझाउनु पर्नेछ।
(२) दलको आर्थिक प्रबन्धका निम्ति दलले तोकेबमोजिमको रकम बुझाउनु सदस्यहरुको कर्तव्य हुनेछ।
(३) दलमा जम्मा भएको रकम नेता वा सदस्य सचिव मध्ये कुनै एक र कोषाध्यक्ष एक समेत दुई जनाको संयुक्त दस्तखतवाट संचालन हुने गरी कार्यसमितिले तोकेको बैंकको खातामा जम्मा गरिनेछ।
(४) दलको आय व्ययको वार्षिक लोखापरीक्षण पञ्जीकृत लेखा परीक्षकद्वारा गरिनेछ। सो प्रतिवेदन दल र
पार्टी समक्ष प्रस्तुत गरी सार्वजनिक समेत गरिने छ।
१९. सदस्यको काम, कर्तव्य, अधिकार र आचार व्यवस्था
(१) सदन र आफू सदस्य रहेको समितिको बैठकमा नियमित उपस्थित हुने।
(२) सदनका गतिविधि र कार्यसूची बारे जानकारी राख्ने।
(३) पार्टी र दलको सिद्धान्त, विधान, नीति, निर्णय र सदनको नियमावली अनुरुप सदनका सम्पूर्ण क्रियाकलापमा
प्रभावकारी भूमिका निर्वाह गर्ने।
(४) सदन र समिति भित्रका कुनै पनि क्रियाकलापमा नेता वा सचेतकले दिएको निर्देशनको पालना गर्नुपर्नेेछ।
(५) सदस्यहरुले सदनमा आफूले प्रस्तुत गर्ने संविधान सम्बन्धी विषय, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, गैरसरकारी विधेयक र सङ्कल्पको सूचना प्रस्तुत गर्नु अगावै सचेतकलाई दिनुपर्नेछ।
(६) सदनको कारवाही चालु रहेको बखत सदस्यले सचेतकलाई पूर्वसूचना नगरी अनुपस्थित हुनुहुँदैन।
(७) सदस्यले दल र पार्टीको सिद्धान्त, नीति र विधान विपरीत कुनै कार्य गर्नुहुँदैन। दल र पार्टीको आचारसंहिताको पालना गर्नुपर्दछ।
(८) दलको सरकार वा दलले समर्थन गरेका सरकार वा दलले प्रस्तुत गरेका कुनै पनि संविधान मस्यौदा सम्बन्धी विषय, विधेयक, सङ्कल्प र अन्य प्रस्तावहरुका विषयमा सदस्यहरुले कार्यसमितिले निर्धारण गरेको नीति एवं सो अनुरुप नेता वा सचेतकको निर्देशन बमोजिम सदनमा मतदान गर्नुपर्छ।
२०. अनुशासन समिति
(१) दलभित्र अनुशासन व्यवस्थालाई कायम राख्न कार्य समितिले एक अनुशासन समितिको गठन
गर्नेछ। देहायको स्थितिमा सदस्यहरुलाई समितिले अनुशासन सम्बन्धी कारवाही प्रारम्भ गर्नेछ।
(क) नेता, सचिव वा सचेतकलाई उचित कारण सहितको जानकारी नदिई लगातार तीन पटक दलको बैठकमा अनुपस्थित भएमा,
(ख) दलको नीति तथा नेता र सचेतकको निर्देशन विपरीत मतदान गरेमा,
(ग) दलको विधान र आचार संहिताको पालना नगरेमा,
(घ) दलको निर्णय विपरीत अन्य दलको पक्षमा मतदान गरेमा।
(२) अनुशासन समितिले कारवाही प्रारम्भ गर्नु अघि सम्बन्धित सदस्यलाई आफ्नो भनाइ वा स्पष्टीकरण दिने उपयुक्त, अवसर दिनेछ।
(३) अनुशासन समितिले आफूले गरेको छानविन र मूल्याङ्कनको प्रतिवेदन कार्यसमिति समक्ष दिनेछ।
(४) कसूरको मात्रा र गम्भीरतालाई विचार गरी कार्यसमितिले अनुशासन समितिको प्रतिवेदनका आधारमा देहाय बमोजिम कुनै एक सजायँ गर्न सक्नेछ।
(क) चेतावनी दिने वा दलका तर्फबाट निश्चित अवधि तोकी सदनको बैठकमा बोल्न रोक लगाउने।
(ख) सदनभित्र दलका तर्फबाट प्रतिनिधित्व गर्ने समिति, उप–समिति, समूह, मैत्री समूह, कार्यदल, प्रतिनिधिम48डल आदि विषयमा प्रतिनिधित्व गर्न नपाउने गरी सिफारिश गर्न वा भइरहेको प्रतिनिधित्वलाई फिर्ता लिने,
(ग) पार्टीको विधान र प्रचलित कानूनको उल्लङ्घन गरेमा कारवाई गर्न पार्टीको केन्द्रीय समिति समक्ष सिफारिस गर्ने। माथि उल्लेखित उपधारा ४ (क) को सजाय गर्ने अधिकार प्रमुख सचेतकको हुनेछ । अन्य सजायको हकमा कार्यसमिति द्वारा गठित अनुशासन समितिद्वारा गरिनेछ। तर प्रमुख सचेतकले दिएको सजाय उपर सम्बन्धित सदस्यको चित्त नवुझेमा ७ दिन भित्र कार्यसमिति समक्ष निवेदन दिन सक्नेछ।
(५) उपधारा (४) को (क) र (ख) बमोजिम गरिएको कुनै पनि कारवाईको जानकारी पार्टीको केन्द्रीय समितिलाई दिनुपर्नेछ।
(६) अनुशासन सम्वन्धी कारवाहीमा सुनवाईको सिद्धान्त लागु गरिनेछ र यसको पुनरावेदनमा केन्द्रीय कार्यसमितिले निर्णय गर्नेछ।
२१. विश्वास र अविश्वासको प्रस्ताव तथा पदाधिकारीलाई हटाइने
(१) नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई दलका सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यले समर्थन गरेमा, सो प्रस्ताव पारित भएको मानिनेछ। दलको सो बैठकमा पार्टीका केन्द्रीय सभापति वा महामन्त्री वा केन्द्रीय समितिले खटाएको कुनै पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनु पर्नेछ।
(२) दलका नेताले आफ्नो कार्यकालभित्र कुनै बखत आफूमाथि दलको विश्वास छ भन्ने कुरा प्रमाणित गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि दलमा प्रस्ताव राख्न सक्नेछ। यस्तो प्रस्ताव दलका सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढीको विश्वास प्राप्त भएमा पारित भएको मानिनेछ।
(३) नेताद्वारा मनोनीत कुनै पदाधिकारीलाई हटाउनका लागि दलका पच्चीस प्रतिशत सदस्यले नेता समक्ष लिखित अनुरोध गरेमा दलको सम्पूर्ण सदस्य सङ्ख्याको सामान्य बहुमतको सिफारिशमा निजलाई नेताले हटाउनु पर्नेछ।
(४) सदस्य सचिव र कोषाध्यक्षका हकमा नेता मार्फत कार्यसमिति समक्ष दलका पच्चीस प्रतिशत सदस्यले पदमुक्त गर्ने माग गरेमा कार्यसमितिको बहुमतले पदमुक्त गर्न सक्नेछ।
(५) दलका पच्चीस प्रतिशत सदस्यले नेता माथि अविश्वास प्रकट गरी सो प्रस्तावमा छलफलका निम्ति दलको बैठक बोलाउन सदस्य सचिव समक्ष लिखित निवेदन दिन सक्नेछन्।
(६) उपधारा (५) बमोजिम लिखित सूचना प्राप्त भएमा सदस्य सचिवले पार्टीको केन्द्रीय सभापतिलाई सो कुराको जानकारी दिई पन्ध्र दिनभित्र दलको बैठक बोलाउने छन्। तर पार्टीका सभापति नेता भएका अवस्थामा सो जानकारी पार्टीका महामन्त्रीलाई दिनुपर्नेछ।
२२. विधानको व्याख्या र वाधा अड्काउ फुकाउने अधिकारः
(१) यस विधानको अन्तिम व्याख्या गर्ने अधिकार दललाई हुनेछ।
(२) यस विधानको कार्यान्वयनमा तत्काल कुनै बाधा परेमा कार्यसमितिसँगको परामर्शमा नेताले बाधा अड्काउ फुकाउन सक्नेछन्।
(३) उपधारा (२) बमोजिम गरिएको व्यवस्था दलको तत्काल पछि बस्ने बैठकवाट अनुमोदन गर्नु पर्नेछ।
२३. विधानको स्वीकृति र संशोधनः
(१) यो विधान वा संशोधन केन्द्रीय कार्यसमितिमा स्वीकृतिका लागि पठाउनु पर्नेछ।
(२) उपधारा (१) बमोजिम विधान वा संशोधनलाई पार्टीको केन्द्रीय समितिले स्वीकृति दिने वा आवश्यक हेरफेरको सुझाव सहित दलमा फिर्ता पठाउन सक्नेछ।
(३) उपधारा (२) बमोजिम फिर्ता पठाइएको कुनै पनि प्रस्ताव माथि दलले विचार गरी आवश्यक राय सहित पुनः पार्टीको केन्द्रीय कार्यसमितिमा पठाउनेछ। यसरी पठाएको पन्ध्र दिन भित्र केन्द्रीय समितिले स्वीकृति दिनेछ।
(४) यस विधानलाई संशोधन गर्नुपर्ने आवश्यक देखिएमा कार्यसमितिले संशोधन प्रस्ताव तयार गरी दलमा प्रस्तुत गर्नेछ।
(५) केन्द्रीय कार्यसमितिलाई यस विधानमा संशोधन गर्न आवश्यक लागेमा दललाई सुझाव पठाउन सक्ने छ। यसरी प्राप्त हुने सुझाव बारेमा नेतासँग परामर्श गरी संशोधन प्रस्तावका रूपमा सदस्य सचिवले दलमा प्रस्तुत गर्नुपर्नेछ।
(६) दलका पच्चीस प्रतिशत सदस्यले विधान संशोधनका निम्ति संशोधनको प्रस्ताव सहित दलको बैठक बोलाउने माग सदस्य सचिव समक्ष लिखित रूपमा गर्न सक्नेछन्।
(७) उपधारा (६) बमोजिम माग भएमा वा अन्य अवस्थामा पनि विधान संशोधन गर्नु परेमा दलका सम्पूर्ण सदस्य मध्ये कम्तिमा दुई तिहाई सदस्यको उपस्थितिमा दुई तिहाई सदस्यहरुले संशोधन गर्न सक्नेछन्।
२४ गणपूरक सङ्ख्या र निर्णयः यस विधानमा अन्यथा लेखिएकोमा बाहेक समिति, कार्यसमिति वा दलको गणपूरक सङ्ख्या पचास प्रतिशत हुनेछ र उपस्थित सङ्ख्याको सामान्य बहुमतबाट निर्णय गरिनेछ।
२५. नियम, विनियम बनाउन सकिने यस विधानको प्रभावकारी कार्यान्वयनका लागि कार्य समितिले आवश्यकतानुसार नियम, विनियम बनाउन सक्नेछ।
२६. खारेजी बचाउः
(१) यो विधान लागु हुनुअघि संविधान सभा–संसदीय दलले गरेका सबै काम कारवाही यसै विधान बमोजिम भए गरेको मानिनेछ।
(२) यो विधान लागू हुँदाका बखत कायम रहेका सबै समिति, निकाय र पदाधिकारीहरु यसै विधान अनुसार पुनर्गठन नभएसम्म कायम रहनेछन्।
No comments:
Post a Comment